काठमाडौँ । मलेसियाबाट फर्किएका नेपाली कामदारको राष्ट्रिय भेला यही पुष १७ गते राजधानीमा हुने भएकोछ ।
नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा जोड्न भेलाको आयोजना गरिएको समाजका रामचन्द्र नेपालले जानकारी दिए ।
भेलाको मुख्य उद्देश्य तत्काल सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि प्रदान गर्ने सामाजिक सुरक्षा योजनामा जोड्नु हो ।
भेलाले विदेशमा सिकेका सीपलाई नेपालमा सदुपयोग गर्ने र गराउने, नेपालमा फर्किएर विभिन्न व्यवसायमा लागिसकेकाको अनुभव आदानप्रदान गर्ने मुख्य उद्देश्य रहेको छ ।
त्यसैगरी मलेसियामा रहेकाका परिवारलाई वित्तीय साक्षरता अभिवृद्धि र कमाएको धनको सही सदुपयोग गरी राष्ट्रनिर्माणमा सहयोग गर्ने, मलेसियाबाट फर्किएका युवाका लागि सामूहिक लगानीका सम्भावनाको खोजी पनि गरिनेछ ।
Categorized in बजार