३१ श्रावण २०८३, आइतबार
Header

‘भाषा रहे जाति रहन्छ’– महाकवि सिद्धिदास महाजु


प्रकाशित: सोमवार, ७ असोज २०८१, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । ‘भाषा रहे जाति रहन्छ’ भन्ने प्रसिद्ध भनाई हामीबिच छोडेर जानुभएका नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १५७ औं जन्मजयन्ती भव्यताकासाथ मनाइएको छ । 


काठमाडौंको भोटाहिटीस्थित सिद्धिदास चोकबाट सुरुभएको प्रभातफेरि नगरपरिक्रमा पश्चात स्मृति सभामा परिणत भएको थियो । उक्त सभामा सिद्धिदास स्मृति समाजका अध्यक्ष मल्ल के सुन्दर, बागमती प्रदेश सभाषद् पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्य, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, सिद्धिदास स्मृति समाजका सचिव दीपक तुलाधर लगायतका लब्ध प्रतिष्ठित व्यक्तिहरुले उहाँको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो । 


सिद्धिदास महाजुको जन्मजयन्तीको अवसरमा आयोजित प्रभातफेरि कार्यक्रममा फणिन्द्ररत्न बज्राचार्य, सुवर्णकेशरी चिकार जस्ता सम्मानित व्यक्तित्वहरुलाई सिद्धिदास महाजुको तस्वीर रहेको बग्गीमा आसन ग्रहण गराइएको थियो । 


भोटाहिटीबाट सुरुभएको प्रभातफेरी ¥याली असन, केलटोल, मखन, मरु, चिकंमुगल, लगन, ब्रम्हटोल, ह्युमत, क्वहिटी, भिमसेनस्थान हुँदै जनबहाल पुगेर सभामा परिणत भएको थियो । उक्त सभामा मच्छिन्द्र क्लवको तर्फबाट निलकाजी शाकयले केलटोलमा स्थापना गरिएको सिद्धिदास महाजुको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । 


जन्मजयन्तीको अवसमा सिद्धिदास स्मृति समाजका सचिव दीपक तुलाधर, निलकाजी शाक्य र बालकृष्ण प्रजापतिले सिद्धिदास महाजुको तस्वीर अंकित बेलुन उडाउनुभएको थियो । 


सोही कार्यक्रममा गायक पवित्र कसाले सिद्धिदास महाजुको स्मरणमा जनकवि दुर्गालाल श्रेष्ठले रचना गर्नुभएको प्रभातफेरि गीत गाउनुभएको थियो । कार्यक्रममा नेपालभाषा क्षेत्रका व्यक्तित्वहरुको साथै विभिन्न विद्यालयको विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex