काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मिति बैशाख १७ र २७ गते निर्वाचन हुने दावी गरेका छन ।
प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक निर्वाचनमय भएकोले निर्वाचन तयारी थाल्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।
शनिबार कमलादीमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । निर्वाचन हुनेमा कोही पनि साथीहरू र देशबासीहरू अन्योल र भ्रममा नपर्न आग्रहसमेत गरेका छन ।
उनले भने, ‘केपी ओलीले चुनाव गराउँदैन । भन्दै हल्ला फिँजाएका छन् म विभन्न जेल–नेल खटेर अनेक पल्ट मर्दै बाँचेको मान्छे हुँ, म लोकतन्त्र मास्नलाई होइन रक्षा गर्नका लागि आएको हुँ,’ ।
Categorized in राष्ट्रिय