२७ बैशाख २०८१, बिहिबार
Header

‘बाणिज्य संघमा मेरो उम्मेदवारी, परिवर्तनको लागि हो’– ताम्रकार


प्रकाशित: विहिवार, १८ असोज २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर उद्योग बाणिज्य संघको स्वतन्त्र अध्यक्ष उम्मेदवार रविन्द्रराज ताम्रकारले बाणिज्य संघमा मेरो उम्मेदवारी परिवर्तनको लागि भएको बताएका छन ।


बुधवार ललितुपुरस्थित जावालखोलमा आयोजित उम्मेदवार परिचय कार्यक्रममा ताम्रकारले सो बताउँदै नेतृत्वको लागि आफू सक्ष्म र योग्य रहेको मतदाताहरु समक्ष विश्वास व्यक्त गरेका थिए ।

 
‘सघंको विभिन्न पदमा रही १६ बर्षसम्म गरेको कामको अनुभव हासिल गरेका कारण म यो पदमा नेतृत्वदायी भूमिका गर्न सक्षम छुु’ उनले भने,‘ मलाई पूर्ण विश्वास छ, जुन पदाधिकारीहरु कार्यसमितिमा उठेका मित्रहरु हुुनुहुुन्छ उहाँहरु मेरा सहकमी मित्रहरु हुुनुुहुन्छ, उहाँसग धेरै कामहरु गरेको अनुुभव छ, उहाँहरु सबैलाई समेटेर एक सशक्त र सवल ललितपुर उद्योग बाणिज्य संघको गठन गर्नेछु भन्ने कुरामा मेरो पूर्ण विश्वास छ ।’


उनले धेरैले आफुलाई एक्लै उम्मेदार किन भनेर सोधिरेको प्रश्नमा जवाफ दिँदै भने,‘ आफुलाई टिम बनाउने प्रयास गरेपनि विविध कारणहरुले गर्दा हुन सकेन, त्यसैले मेरो यो उम्मेदवारी भएको हो ।’


उनले संघका एक अनुुभवी र योग्य उम्मेदवारको आवश्यक भएकाले आफूसँग ती सबै योग्यता भएको संघको अध्यक्ष पदकोको लागि प्रतिस्पर्धामा आएको बताए । 


आफूसँग प्रतिस्पर्धामा रहेकाहरुसँग पनि विभिन्न पटक छलफल गरेर आफुलाई सघाउन भनेको र उहाँहरु मान्नु पनि भएको तर संघको भित्रको चरम राजनीति र विविध कारणले गर्दा उम्मेदवारी नछोड्ने अवस्था भएको उनले भने । 


ताम्रकारले यस अघि २१ बुँदे प्रतिवद्धता पनि सार्वजनिक गरेका छन । उनले आफ्नो उम्मेदवारी किन शिर्षकका सार्वजनिक प्रतिवद्धतामा ललितपुर उद्योग बाणिज्य संघमा आवद्ध उद्यमी, व्यवसायीहरुको चुनौती तथा अवसरहरको खोजी व्यवसाय प्रवद्र्धन गर्न राजनीतिक, आर्थिक, समाजिकलगायतका सबै क्षेत्रमा पहल गर्ने । 


उद्योग बाणिज्यसंघलाई पारदर्शी बनाउने, ललितपुरमा हस्तकला ग्राम निर्माणका लागि उद्योग बाणिज्य संघलाई प्रभावकारी रुपमा परिचालन गर्ने लगायतका छन । 


आगामी १९ र २० गते संघको ४४ औ बार्षिक साधारणमामा हुन गईरहेको निर्वाचनमा अध्यक्षको प्रतिस्पर्धामा ताम्रकारसहित विश्व बज्रचार्य र रुपकमान महर्जन रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD