१२ बैशाख २०८१, बुधबार
Header

‘बन्चरे डाँडा ल्याण्डफिल्ड साइड’ चाँडै सम्पन्न गर्न राज्यमन्त्री मानन्धरको निर्देशन


प्रकाशित: विहिवार, ३ पुष २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर विहिवार बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइड निर्माण स्थल पुगेका छन । 


काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको कोषेढुंगा बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइड निर्माण कार्यलाई तीब्रता दिन राज्यमन्त्री मानन्धरले निर्देशन दिएका छन । 


राज्यमन्त्री मानन्धरले साइट निर्माणको कामा ढिला नगरी समयै सम्पन्न गर्न निर्देशन दिँदै ढिलाइ गरे कारबाही गर्ने चेतावनी समेत दिए का छन ।

 
मन्त्रालयका सचिवसहितको अधिकारीहरुको टोली लिएर पुगेका मन्त्री मानन्धरले उक्त आयोजनाको पाक्षिक रुपमा आयोजनाको निरीक्षण र अनुगमन गर्ने समेत बताए । 


मन्त्री मानन्धरले स्थानीयलाई समेत लाभ हुनेगरी आयोजना तयार भएको बताउँदै यो आयोजना देशकै नमूना आयोजनाका रुपमा विकास गर्नका लागि नविनतम प्रविधिको प्रयोग हुने बताए ।


काठमाडौं उपत्यकाको शहरी सुन्दरता कायम गर्नका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको भूमिका महत्वपूर्ण मन्त्री मानन्धरले हुने बताए । अहिलेकै अवस्थामा निर्माण कार्यले तीब्रता पाएमा अबको दुई महिनाभित्र काठमाडौं उपत्यकाले भोग्दै आएको फोहरको समस्या सदाका लागि अन्त्य हुने विश्वास गरिएको छ । 


यस आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइड निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD