८ बैशाख २०८१, शनिबार
Header

‘फुडमान्डु’को वेबसाईट ह्याक, ३० हजार ग्राहकको व्यक्तिगत विवरण चोरी 


प्रकाशित: आईतबार, २५ फागुन २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । खाना तथा खाजा अनलाईन डेलिभर गर्ने ‘फुडमान्डु’ को वेबसाइट ह्याक भएको छ ।


फुडमाण्डुले एक विज्ञप्ती जारी गरी वेवसाईट ह्याक भएको सार्वजनिक गर्दै भनेको छ,‘ ह्याकरले करिब ३० हजार ग्राहकको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरु चोरी भएको छ ।’


कम्पनीका कम्पनीका संस्थापक मनहर अधिकारीका अनुसार शनिबार राती वेभसाईट ह्याक भएपछि  करिब ३० हजार ग्राहकको व्यक्तिगत विवरण चोरिएको हुन सक्ने अनुमान गरिएको हो । 


यस घट्नाले हामीलाई दुखित बनाएको उल्लेख गर्दै आफूहरुको सानो कमजरीले वेभसाईट ह्याक भएको कम्पनीले जनाएको छ । 


कम्पनीले एक विज्ञप्ति जारी गरेर आफ्नो कमजोरी सच्याइएको बताएको छ । चोरिएको व्यक्तिगत विवरणहरु ह्याकरले एक वेबसाइटमार्फत सार्वजनिक गरिरहेको छ ।


साईवर हमलाबारे प्रहरीको साइबर अपराध डिभिजनमा जानकारी गराएको कम्पनीले बताएको छ । 


फुडमान्डुले आफ्नो अनलाईन सेवा भने नियमित भएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD