६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘पेट्रोलियम पदार्थको मूल्यबृद्धिमा सरकारको ध्यान जाओस’– नेता सिंह (भिडियो)


प्रकाशित: बुधवार, १७ कातिक २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पेट्रोलियम पदार्थमा भईरहेको मूल्यबृद्धिमा सरकारको ध्यान जानु पर्ने बताएका छन । 


बुधवार विहान काठमाडौं २४ वडा नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनतालाई मूल्यबृद्धिको असरबाट छुटकारा दिन सरकारसँग माग गरेको छ । 


सो अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक प्रतिनिधिसभा विघटन गरेर संविधानको मर्ममाथि चोट पुराउने काम गरेको, जनताले दिएको म्यान्डेटलाई कुल्चिएर कानुनमाथि माथि गएर काम गरेको नेता सिंहले आरोप लगाएका थिए । 

 


नेता सिंहले नेपाली कांग्रेसको संघर्षले गर्दा नै प्रतिनिधिसभा पुर्नस्थापना गर्न सफल भएको दावी गरेका छन । 


अहिले देखिएको न्यायपालिका समस्या र वेथितीको छिटो अन्त्य हुनु पर्ने पनिमा नेता सिंहले जोड दिएका थिए । उनले आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीलाई तिहार, नेपाल संवत र छठको शुभकामना समेत दिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex