काठमाडौं । ‘पानी देऊ सरकार, उपत्यकावासीलाई जीऊन देउ’, भन्दै उपत्यकावासीले शनिवार विहान विशाल ¥याली निकालेका छन ।
पानीको अभावले काकुल बनेको काठमाडौंका उपत्यकावासीले उपत्यका खानेपानी पीडित दवाव समूह गठन गरी पानीको माग गर्दै सडकमा निस्के थिए ।
उनीहरु विभिन्न स्थानबाट एकत्रित भई थापाथली चोकमा गई नारावाजी गरी प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले मेलम्चीको झुठो आशा देखाई उपत्यकावासीलाई २० बर्षदेखि दुःख दिईरहेको आरोप लगाएका छन ।
९५ प्रतिशत मेलम्चीको काम सकेर पनि पानी वितरणमा गरेको ढिलाई प्रति प्रदर्शनकारी आक्रोश पोखेका थिए । उनीहरुले मेलम्चीको पानी छिठो वितरण गिरिनु पर्ने, पानी वितरण भएको लापरवाही नियन्त्रण गर्नुपर्ने माग गरेका थिए ।
काठमाडौं, भक्तपुर र ललितपुरबाट उल्लेखिय रुपमा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
उनीहरुले खानेपानी समस्या सामाधान गर, पानी मन्त्री विनामगर बिना पानी उपत्यका नगर, पानी जसरी हुन्छ पिउन देउ, उपत्यकावासीलाई जिउन देउ, सक्छौ भने ६० दिनमा पानी देउ, होइन भने राजीनामा देउ लगायतका नारा लखिएको प्लेकार्डसहित नारावाजीमा उत्रेका थिए ।
आजको प्रदर्शनको लागि दवाव समूहले समाजिक सञ्जालबाट पानीको अभाव भोग्नु परेको भोगाई अनुभव सेयर गरी सडक प्रदर्शनमा सहभागी हुन आव्हान गरेका थिए ।




Categorized in समाज