१६ मङ्सिर २०७७, मंगलबार
nps

‘नो पार्किङ’ क्षेत्रमा कडाई गर्दै काठमाडौं महानगर


प्रकाशित: विहिवार, ४ मंसिर २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएको सवारी सधानमाथि करवाही कडा पारेको छ । 


विहिवार महानगर क्षेत्र भित्र ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेको नगरप्रहरी प्रमुख धनपती सापकोटाले जानकारी दिए । 


सापकोटाका अनुसार ३० ओटा मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरिएको छ । नियन्त्रणमा लिएको यी सवारी साधानलाई १ हजार जरिवाना लगाउने गर्दछ । 


लकडाउनसँगै बन्द भएको अभियान आजबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा सुरुवात भएको भएको छ सापकोटाले बताए । 


काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई  कारवाही गरेका हुन ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले लकडाउन खुलेसँगै काठमाडौँमा भिडभाड बढेको अवस्था छ । यस्तो बेलामा जथाभावी पार्किङ गर्दा अव्यवस्थित भई भिडभाड झन बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यान दिदैँ हामीले आजबाट यो अभियान सुरु गरेको बताए । 


महानगरपालिकाको सहकार्यमै उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउने, नागरिकलाई सचेत गराउने र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक जनचेतनाका लागि सांगीतिक डमी अभियानको सुभारम्भ गरिसकेको समेत बताए । 
 

jibanshaili
nepal sambat bhairam


kmc AD
nuoo dan
chunikhel ad
naya
maa dakshinkali
D R Shushil
bijay card
maharjan complex