१० चैत्र २०७९, शुक्रबार
Header

‘नेवाः भूमि अतिक्रमण हुन दिँदैनौ’– सुमन सायमी (भिडियो वार्ता)


प्रकाशित: शनिवार, १० माघ २०७७, १८ः०० बजे
- अजय खड्गी

एघारौं नेवाः एकता दिवश ललितपुर खोकना खुदोलमा आयोजित सभामा उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायमीसँग महानगरखवर.कमका अजय खड्गीले गरेको भिडियो कुराकानीको सम्पादित अंश –

 


काठमाडौं । एघारौं नेवाः एकता दिवशका एक घटक उपत्यकाव्यापी सडकविस्तार विरुद्ध संघर्ष समितिका अध्यक्ष सुमन सायमीले नेवाः भूमि अतिक्रमण हुन नदिने बताएका छन । 

 

शुक्रवार ललितपुरको खोकना खुदोलमा आयोजित सभामा सायमीले राज्यबाट विकासका नाममा गर्ने नेवाः भूमि, संस्कृति, सम्पदा अतिक्रणविरुद्ध विरुद्ध एक जुट हुन यो नेवाः एकता दिवशले सन्देश दिएको भनाई राखे । 


खुदोलमानै एकता दिवश किन भन्ने प्रश्नमा उनले भने,‘ खुदुलमा जुन अन्याय भएको छ, खुदोलवासीहरुको पीडा छ, त््यसको विरुद्ध एकता दिवश मात्र मनाएर संभव छैन, त्यसैले यसलार्य आन्दोलन दिवशकोे रुपमा मनाएको हो ।’


यस एकता दिवशले दिने सन्देश भनेको उपत्यकाका खाली भूमि मास्न पाईदैन, यहाँँको सस्कृति, सम्पदा मास्न पाईदैन, यहाँको अस्तित्व मास्न पाईदैन, आईलयो १९६युन ट्रिप पालना होस । मुलवासीहरुको स्वीकृति लिनु पर्ने हो तर सरकारले यसको पालना गरेको छैन यसविरुद्धको आन्दोलननै नेवाः एकता दिवश हो । 


ख्वनामा जग्गा अधिकरणको नामा सररकाले दशैं हजार रोपनी जग्गा लिएको, यहाँको आत्मनिर्भरता जोडिएको भूमि समाप्त पार्न खोजेको छ, सभ्यता मास्न खोजको यसलाई बचाउन खुदोलमा नेवाः एकता दिवस मनाउन आएको सायमीले बताए । 


उनले भने, ‘नेवाः भूमि, संस्कृति, सम्पदाको रक्षा गर्न अहिले एकिकृत आन्दोलन समिति बनेको छ, २३ वटा घटक छ । यहाँको संस्कृति, सभ्यताको लागि आन्दोलरत घटकहरु मिलेर केन्द्रिय कमिटिी बनेको छ ।’

नेवाः स्वायत्त राज्य अन्तिम लक्ष्य भएको र अहिलेको आन्दोलनहरुको उदेश्य पनि यही हो । समुदायको रक्षा र अस्तित्वको लागि सडकमा आउनुको विकल्प नभएकोले हामी आन्दोलनको तयारी गरिरहेको पनि उनले बताए । 

 

jibanshaili
Home Page Bottom Second


chunikhel ad
maharjan complex
kmc AD