१६ बैशाख २०८१, आइतबार
Header

‘नित्या रञ्जना’(रञ्जना युनिकोड) फन्ट सार्वजनिक


प्रकाशित: आइतवार, ४ चैत्र २०८०, १३ः४० बजे
- महानगरखवर

काठमाडौँ । रन्जना लिपिको युनिकोड ‘नित्या रञ्जना’ फन्ट सार्वजनिक गरिएको छ ।


शनिवार नेपाल कला परिषदमा क्यालिजात्रा फाउन्डेसनले तयार पारेको लिपी फन्टबारे प्रस्तुती दिएका थिए ।


फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण गरिएको हो ।

 
यो लिपीलाई इण्डो आर्यन, मंगोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान जोडिएको छ । 


सो अवसरमा काठमाडौं महानगरपालिका प्रमुख सुनिता डंगोलले लिपी सार्वजनिक गरेकी हुन । 


कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, इजरायलका लागि नेपालका पूर्व राजदूत डा. अञ्जना शाक्यको उपस्थिती रहेको थियो । 


लिपीलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले लिपीसँग राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत विषयमा छलफल तथा गोष्ठीबाट पृष्ठपोषण लिइएको थियो । 


फाउन्डेशनका अध्यक्ष आनन्दकुमार महर्जनका अनुसार रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको फन्ट डिजाइन कम्पनी एक टाइपसँग सहकार्य गरेको हो । 


फन्ट विकासकर्ता भारतीय विज्ञ तथागत बिश्वास, सारंग कुलकर्णी, नुपुर दात्ये छन । 


युनिकोड फन्ट निःशुल्क उपलब्ध हुनेछ । देवनागरिक युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो स्क्रीन, प्रिन्टिङ र वेबका लागि उपयोगी छ । 
 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD