काठमाडौं । एकसाता अघि भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई बोक्सी निकाल्ने भन्दै यातना दिने ‘धर्ती माता’ भन्ने बिष्णु कुँवर पक्राउ परेकी छिन ।
प्रहरीको विषेश टोलीले उनलाई बालाजुबाट शुक्रवार विहान पक्राउ गरेको हो । पक्राउ परेको प्रहरीले पुष्टि गरेपनि विस्तृत जानकारी भने मिडियालाई दिएको छैन ।
भद्रकालीमा सर्वसाधरण, प्रहरीकै अगाडी गालीगलौज गरेको भिडियो समाजिक सञ्जालमा भाईरल भएपछि यसको सर्वत्र आलोचनासँगै प्रहरी प्रशासनलाई दवाव परेको थियो ।
भाईरल भडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस, छिटो निस्की’ भनेर गाली गरेका छन । उनले ‘तेरो मासु खाम्ला, मलाई चिन’, जस्ता शब्दको पनि प्रयोग गरेकी छन । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए ।
प्रहरीका अनुसार पीडित युवती भने प्रहरीको सम्पर्कमा नआएकोले सम्पर्कमा आउन आग्रह गरेको छ । त्यसैगरी भिडियो बाहेक पनि अन्य कसैलाई धर्तीमाताले दुःख, यातना दिएको भए प्रहरीमा उजुरी गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
मुलुकी अपराध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ ।
Categorized in समाज