काठमाडौं । मानव शरिरमा हुने दुःखाईको अन्त्य गर्ने अभियानमा ‘हुकम मालिस तेल’ प्रयोग सफल हुने ओम श्री नाथ एक्युप्रेसर सर्भिस एण्ड ट्रेनिङ सेन्टरका संचालक तथा थेरापिष्ट राजेन्द्र मानन्धरले बताएका छन् ।
ओम श्रीनाथका संचालक मानन्धरको अनुसार मानवीय सेवाको भावना लिएर विगत ३ बर्षदेखि गोरक्ष पिर पाटी, हनुमानढोकाबाट दुःखाई मुक्त मालिस संचालन सुरु गरिएको हो ।
काठमामाडौ उपत्यकाका तीन जिल्ला काठमाडौ, ललितपुर, भक्तपुर लगायत बाहिरको जिल्लामा हुकुम मालिस तेलबाट घुम्ती मालिस सेवा तथा सञ्चालन गरिरहेका मानन्धरले जानकारी दिए ।
थेरापिष्ट मानन्धरका अनुसार शिविर तथा मालिस सेवामा एक दिनमा एक ५० जना भन्दा बढिलाई आरामले सेवा दिन सकिने छ ।
हुकुम मालिस तेल विभन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सव, औधोगिक प्रदर्शनी, धार्मिक स्थान, मेला, सेमिनारहरुमा पनि विक्री तथा वितरण गरी सेवा प्रदान गर्ने उद्देश्यले राखि यसबारे जानकारी दिईने गरेको मानन्धरले बताए ।
हुकुम मालिस तेलको सेवा लिन चाहनेहरु व्यक्ति, संघ, संस्थाहरुले सम्पर्क गरेको खण्डमा संघ, संस्थाको नेतृत्वमै शिविर संचालन गरी सेवा दिन सकिने मानन्धरको भनाई छ ।
संंचालक मानन्धरको अनुुसार काठमाडौंको जैशीदेवलमा रहेको ओम श्रीनाथ एक्युप्रेसर सर्भिसमा आएर एकमदै कम मुल्यमा सेवा लिन सकिने छ भने जेष्ठ नागरिकहरुलाई निःशुल्क सेवा प्रदान गरिएको छ ।
त्यसैगरी दुःखाई मुक्त अभियान अन्तर्गत काठमाडौंको सामाखुसीमा रहेको मानव आश्रम सेवामा बेला– बेलामा गएर निःशुल्क रुपमा मालिस सेवा दिने गरेको मानन्धरले बताए । मानव आश्रमा मात्र नभएर अन्य असाह, जेष्ठ नागरिकहरु बस्ने सेवा गृहमा गएर सेवा दिएको उनले जानकारी दिए ।
थेरापिष्ट मानन्धरको अनुसार हुकुम मालिस तेलको सेवा काठमाडौंका मयेर दम्पती, उपमेयर हरिप्रभा खड्गी, डिएसपी विजय कायस्थ देखि लिएर भर्खरै मात्र निधन भएका नेपाल भाषासेवी नातीबज्र बर्जाचार्यले लिएका छन् ।
मानव जिवनमा पहिलो प्राकृतिक चिकित्सा विधि मालिसको प्रयोग आजको व्यस्त जिवनमा अनिवार्य भएको थेरापिष्ट मानन्धरको भनाई छ ।
प्राकृतिक तत्वहरुको समिश्रणमा आयुर्वेदिक विधिबाट तयारी पारिएको हुकुम मालिस तेलको प्रयोगले मानव शरिरको जुनसुकै पीडालाई पनि मुक्त गर्ने सक्ने मान्धरको दावी रहेको छ ।
हुकुम मलिस तेलका फाईदाहरुः
१) शरिरका अंगहरु आलस्य हटाई शरिरमा स्फुर्ति प्रदान गर्ने ।
२) नियमित मालिस गर्दा हड्डी मजबुत हुने, मांशेपेशी लचिलो बन्ने, नशा जोर्नी नाडीमा रक्त संचार भई उर्जा प्रदान गर्ने ।
३) शरिरलाई पोषण प्राप्त भई विकार तत्वहरु स्वास, दिशा, पिशाव, पसिनाको माध्यबाट निकास हुने ।
४) पाचन प्रणाली तथा अन्यग्रन्थीहरु सुचारु भै सम्पुर्ण शरिरको इन्द्रीयहरु तथा अंगहरु सक्रिय रुपमा स्वस्थ्य भई दुखाई तथा पिडाबाट मुक्त हुने ।
ओम श्रीनाथ सेन्टेरबाट मेरुदण्डकको दुखाई, मसल, पक्षघात, माईग्रेसन, एरिस एसिड, जोर्नी, कम्मर, कुर्कुचा, पाईताला दुख्ने, पोल्ने, टाउँको दुख्ने, खुट्टा झमझमाउने, नसाको विकृती, सोल्जर फ्रोजन, थकानको उपचार गरिन्छ ।
त्यसैगरी, घाँटी, घँडा खिइएको, झुसिलकिरा, माहुरीको टोकाई, बारुलाको टोकाई र एवम् घाउचोटको उपचार गरिन्छ ।
ऊँ श्रीनाथ आयुर्वेद काठमाडौबाट अहिले २० प्रकारका विभिन्न रोगका आयुर्वेदिक औषधीहरु उत्पादन गरिएको मानन्धरले जानकारी दिए । सो औषधीहरुमा हुकुम मालिस तेलदेखि लिएर ग्यास्ट्रिक सिघ्र हरण प्रभाव जडीबुटी, भोल साबुन लगायत रहेको छ ।
Categorized in स्वास्थ्य