१२ श्रावण २०८१, शनिबार
Header

‘ताम्रकार मंका छेँ ड्रिम प्रोजेक्ट पुरा भएको छः’ अध्यक्ष रविन्द्र (भिडियो वार्ता)


प्रकाशित: शुक्रवार, १० पुष २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । ताम्रकार समाजको अध्यक्ष रविन्द्र ताम्रकारले समाजको एउटा मत्वकांक्षी परियोजना पुरा भएको बताएको छ । 


समाजको ड्रिम प्रोजेक्टको रुपमा रहेको ‘ताम्रकार मंका छेँ’ यतिखेर निर्माण सम्पन्नको तयारीमा रहेको समाजको अध्यक्ष ताम्रकारले जानकारी दिएको छ । 


अध्यक्ष ताम्रकारका अनुसार समाजको स्थापना वि.स. २०२८ सालमा स्थापना भएदेखि वर्तमानकालसम्म यही समाजभित्र रहेको समाजका हरेक गतिविधिहरुलाई आत्मासाथ गर्दै समाजसेवामा निरन्तर लागेको छ । 


समाज अहिले ललितपुर क्षेत्रमा समाजको एउटा अभिन्न अंग बन्न पुगेकोमा आफूलाई गर्व महसुस भएको अध्यक्ष ताम्रकारले बताएको छ । यस बर्ष ताम्रकार समाजको स्वर्णजयन्ती भएकोले यसै बर्ष एक विशेष कार्यक्रम गरेर मंका छेँ को उद्घाटन गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष ताम्रकारले सुनाए । 


त्यसैगरी समाजका स्मारिका प्रकाशन गर्ने, समाजको स्थापना कालदेखि हालसम्मका कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गर्ने लगायतका योजनाहरु रहेको छ । 


यस्तै यी लगायत विभिन्न विषयमा महानगरखवर.कमका अजय खड्गीले समाज अध्यक्ष ताम्रकारसँग गरेको भिडियो वार्ता प्रस्तुत गरिएको छ ।

 

 

 
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex