काठमाडौं । ललितपुर महानगरपालिकाले नगर प्रहरीहरुले गरेको कामलाई समेटेर ‘तस्वीरमा – नगर प्रहरी’ नामक पुस्तक सार्वजनिक गरेको छ ।
विहिवार ललितपुरमा आयोजित एक कार्यक्रमविच ललितपुर महानगर प्रमुख चिरीबाबुका प्रमुख आतिथ्यमा उपस्थित विशेष अतिथि, अतिथिी, सहभागीहरुले एकै पटक संयुक्त रुपमा पुस्तक विमोचन गरेको थियो ।

सो अवसरमा महानगरका प्रमुख प्रशासकिय अधिकृत रेखा दास श्रेष्ठ, नगर प्रहरी प्रमुख सिताराम हाँथेछु, नेपाली चलचित्र निर्देशक, निर्माता, प्रकाश सायमी, गीतकार यमन श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिीत रहेको थियो ।
सो पुस्तकमा नगर प्रहरीले महानगरका गरेका आफ्ना कामहरुको तस्वीरहरु समेटेर उक्त पुस्तक प्रकाशित गरेको हो ।




तस्वीरहरुः नवराज कुँवर/महानगरखबर
Categorized in स्थानिय