८ भाद्र २०८३, सोमबार
Header

‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ छैठौं झिल्टुङ दौड प्रतियोगिता हुने


प्रकाशित: बुधवार, २१ मंगलवार २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । ‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ छैठौं झिल्टुङ दौड प्रतियोगिता हुने भएको छ ।


नुवाकोटमा आयोजना हुने यस दौड प्रतियोगिताबारे आयोजकले मंगलवार बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 


झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा ५ कोल्पुटारबाट सुरु भई बेलनी, छाप, राजओडार, खडगा छाप, सालचौर हुँदै कोल्पुटारमा आई समाप्त हुनेछ । 


माघ ८ गते शनिवार विहान ८ बजे यस दौड प्रतियोगिता हुने आयोजकले बताएको छ । १३.४ को कच्ची दौड प्रतियोगितमा उकालो ४.५ किलोमिटर र २ किलोमिटर समथर र बाकी बाटो आरोला हुनेछ ।


यस बर्षपनि ४.५ दौड रन फर फन फेसको खुला दौड प्रतियोगिता हुनेछ । यसमा स्थानीय आमा समूहले भाग लिने छन । 


यस खेलमा १३.५ किलोमिटर दौडमा सहभागी भई बिजेता हुनेले १५ हजार नगद, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५० हजार पुरस्कार पाउने छन । 


यसैगरी १३.५ किलोमिटर दौड स्थानीय पुरुष बिजेताले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनलेले ५ हजार नगद पुरस्कार पाउने आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex