काठमाडौं । ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर ठगी गर्ने ६ जनालाई मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागाईं र काभ्रेकै अर्जुन कार्कीलाई विभिन्न मितिमा पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
ब्यूरोका प्रवक्ता गोविन्द थपलियाका अनुसार प्रतिव्यक्ति रु १५ देखि २० लाख ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिए ।
काठमाडौँबाट मलेशिया हुँदै इण्डोनेसिया पु¥याइ पीडितको राहदानी, नगद तथा भिसालगायत आवश्यक कागजात नियन्त्रणमा लिएर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ ।
पक्राउ व्यक्तिले पीडितलाई पर्याप्त खाना समेत नदिएर बन्धक बनाइ कुटपीट गरी आर्थिक, शारीरिक तथा मानसिक शोषण गरेको ब्यूरोले जनाएको छ ।
पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान तथा कारबाही गरिने ब्यूरोले जनाएको छ ।
Categorized in समाज