काठमाडौं । कलाकार दीपकराज गिरी र दिपाश्री निरौलाको प्रस्ुतती निर्माण हुन गईरहेको चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ ।
राजधानीको फाइभ स्टार होटेल सोल्टिमा आयोजित एक समारोहका बीच घोषणा गरिएको सो चलचित्रमा दीपेन्द्र लामाको कथा र निर्देशन रहने छन भने चलचित्रमा दीपक राज गिरी, केकी अधिकारी, केदार घिमिरे र जितु नेपाल कलाकारका रुपमा फाइनल भएका छन ।
घोषणा कार्यक्रमा चारै जना मुख्य कलाकारले कमेडी प्रस्तुति सहित मुर्हत सट दिएका थिए ।
जेष्ठको पहिलो साताबाट छायाँकनमा जाने तयारीमा रहेको यस चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्नेछन भने दीपकको पटकथा अनि दीपक, जितु, केदार र अभिमन्यू निरवीको सम्बाद रहनेछ ।
त्यसैगरी विपिन मल्लले सम्पादन, हरि हुमागाईको छायाँकन र दीपक शर्माको संगीत रहने छ । दीपाश्री निरौला भने निर्देशक सल्लाहकारका रुपमा रहने निर्देशक लामाले बताएका छन ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमीको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रमा रोहीत अधिकारीको लगानी रहने छ ।
Categorized in मनोरन्जन