५ भाद्र २०८३, शुक्रबार
Header

‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रविधि र अनुसन्धान क्षेत्रलाई दिईने


प्रकाशित: शुक्रवार, ३० कात्तिक २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौँ । प्रविधि र अनुसन्धान क्षेत्रमा उल्लेखिय प्रगति हासिल गर्ने व्यक्ति वा संस्थालाई यस बर्षको ‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रदान गरिने भएको छ । 


विहिवार रोटरी क्लब काठमाडौँले आयोजना गरेको पत्रकार सम्मेलनमा पुरस्कारका लागि विज्ञान प्रविधि र अनुसन्धानका क्षेत्रमा काम गरी समाजलालाई योगदान पु¥याउने जो कोहीले पनि आवेदन दिन पाउने बताएको छ । 


आगामी मङ्सिर २८ गतेसम्मका लागि फारम खुल्ला गरिएको छ । नेपालमा सन १९५९ देखि काम शुरु गरेको उक्त संस्थाले सन २०१० देखि अहिलेसम्ममा रु दश लाख राशिको पुरस्कार चार जनालाई दिइसकेको छ । 


यस पटकको पुरस्कार लिन इच्छुक आवेदनकर्ताले आवेदन फाराम रोटरी डिष्ट्रिक कार्यालय थापाथली र नेपाल भरका रोटरी क्लबमार्फत भर्न सक्नेछन । 

rotary@ntc.net.np मार्फत पनि आवेदन फाराम प्राप्त गर्न सकिनेछ । उक्त पुरस्कार आगामी पुस महिनाको तेस्रो साता घोषणा गरिने गोपाल राजभण्डारीका छोरा राजीवले जानकारी दिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex