१६ चैत्र २०८०, शुक्रबार
Header

‘गायब’ सुन खोज्न समिति 


प्रकाशित: विहिवार, ३० असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सुन परिक्षण गर्ने भन्दै पसलेहरुबाट संकलन गरिएको सुन ‘गायब’ भएपछि सुन खोज्न समिति बनाईएको छ । 


बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन समिति बनाएको महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।


व्यवसायीहरुका अनुसार गायब भएको सुन एक किलो परिमाण भएको बताएका छन । संकलित सुन नै ‘गायव’ भएको विषय बाहिर आएपछि विभागले सुन खोज्न समिति बनाएो हो । 


समितिमा अधिकृत दीपक पोखरेल, निराजकुमार खत्रीसहित गुणस्तर विभागका प्रनिनिधिसमेत रहेको महानिर्देशक गौचनले बताए । 


समितिले एक महिनाको समयावधि पाएको छ । सुन र चाँदीमा मिसावट हुने गरेको विषयमा २०६९ सालदेखि अनुगमन गरेर परीक्षण गर्न भन्दै तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले देशभरका सुन पसलबाट नमूना सुन संकलन गरेको थियो ।
सुन परिक्षण पछि व्यवसायीलाई फिर्ता गर्नुपर्ने थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD