१४ बैशाख २०८१, शुक्रबार
Header

‘गाई हत्या दुःखद र जघन्य अपराधः’ नेपाली कांग्रेस


प्रकाशित: शनिवार, १४ भाद्र २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सुर्खेतको कटकुवा वन क्षेत्रमा मृत भेटिएको २२ गाई र सयौंको संख्यमा घाईते भेटिएको घट्नाप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको जनाएको छ । 


शुक्रवार कांग्रेसको संसदीय दलको बैठकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवा घट्नाप्रति विज्ञप्ती जारी गरेको छ । 


गाई राष्ट्रिय जनावर मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व रहँदै आएको उल्लेख गर्दै नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध भएको ठहर गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 


प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा यस्ता घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय भएको उल्लेख गर्दै गौहत्याप्रति आपत्ति र भत्र्सना गरिएको छ । 


काङ्ग्रेसले घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरिन नदिन सरकार एवं सम्बन्धित निकायसँग माग गरेको छ । 


नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका ती गाईहरुलाई विहिवार राती कटकुवास्थित जंगलमा भीरबाट खसालिएको थियो । 


नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई भीरबाट खसालिएको हो ।


यस घट्नाप्रति नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर रानाले अनभिज्ञता प्रकट गरेको छ भने स्थानीयले भने भीरबाट बाछीसहित गाई खसालेको बताएका छन । 


वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ४, ७ र १४ को बीचमा पर्ने जंगलभित्रको सडक छेउबाट गाई टिप्परबाट फालिएको थियो । 


वीरेन्द्रनगरको सुब्बाकुना चेक पोष्टका असई प्रमोदसिह‌ं ठकुरीले पनि गए राति ८ ट्रकमा लगेको पुष्टि गरेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD