५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

‘गाइजात्रा लगायत पर्वको विधि पूरा गरौँ, भिडभाड नगरौँ’– प्रमुख शाक्य


प्रकाशित: शुक्रवार, १६ श्रावण २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक अपिल गर्दै भनेको छ,‘‘गाइजात्रा लगायत पर्ववको विधि पूरा गरौँ, भिडभाड नगरौँ’।


उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको हो । 


‘केही दिन अघि मात्रै महावौद्धमा केहीलाई कोरोना पोजेटिभ देखिएको समाचार आयो । त्योसँगै नेपाल प्रहरी प्रधान कार्यालयमा पनि ४० बढीलाई कोरोना पोजेटिभ देखियो ,’शाक्यले भने, ‘आज मात्रै पनि उपत्यकामा ४५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यस्तो अवस्थामा २५–३० हजार मानिस एकै पटक सडकमा आउँदा नसोचेको संक्रमण फैलिन सक्छ । यही कुरालाई ध्यानमा राखेर काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिका बैठकलले यस्तो विषम परिस्थितिमा भिडभाड गरेर जात्रा–पर्व नमनाउन सबै महानगरवासीलाई अपिल गरेको छ ।’  


‘यस्तो विषम परिस्थितिमा मेरो घरमा मात्रै होइन अन्यको घरमा पनि कोही न कोही दिगम्वत भएको छ । त्यसैले यस्तो पीडा मलाई मात्रै होइन अर्को घर–परिवारलाई पनि परेको छ भन्ने महशुस गरी यो पटक भिडभाडका साथ नमनाई दिनुहुन महानगरवासीमा आग्रह गर्छु,’ उहाँले भन्नुभयो, ‘आफूलाई माया गर्ने र आफूले माया गर्ने व्यक्ति वितेकोमा सबैलाई पीडा अवश्य हुन्छ । तर, यस्तो बेलामा भीडभाडका साथ मनाउँदा जोखिम बढ्न सक्छ । त्यसैले यस्तो बेलामा आस्था, विश्वास र परम्परा आफ्नो ठाउँमा छ । यसलाई पछि पनि मनाउन सकिन्छ । त्यो भन्दा पहिला जात्रा–पर्व मान्ने व्यक्तिहरु नै जोखिमबाट बच्नु पर्छ भनेर हामीले यस्तो आग्रह गरेका हौँ ।’ 


महानगरको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘पछिल्ला दिनमा काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाए । लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेहरुको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।’ 


गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त प्रमुख शाक्यले चिन्ता व्यक्त गरेका छन । 


‘अहिलेसम्मको रिपोर्टलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी संक्रमण देखिएको छ,’ उहाँले भन्नुभयो, ‘उनीहरुबाटै समूदायमा समेत कोरोना संक्रमण फैलिन सक्ने संभावना भएकाले सबै भन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ । कोरोना संक्रमण फैलिन नदिनका लागि घरधनी र सर्वसाधारण पनि सचेत हुनुको अर्को विकल्प छैन ।’ 


शाक्यले संघीय सरकारले उपत्यका प्रवेश गरेपछि उनीहरुलाई पीसीआर गर्ने र उपचार गर्ने भन्दा पनि जथाभावी उपत्यका प्रवेश गर्ने कुरालाई नै प्रवेश विन्दुबाटै नियन्त्रण गर्नेमा ध्यान दिनु पर्नेमा जोड दिए । 


‘हामीले पहिलादेखि नै जथाभावी उपत्यका प्रवेश गराएर शान्त तलाउमा ढुंगा हान्ने काम गर्नुहुन्न भन्दै आएका छौँ । हामी अहिले पनि त्यो अडानमा अडिक छौँ’ उनले भने, ‘उपत्यका बढी जनघनत्व भएको ठाउँ हो । यहाँ कोरोना संक्रमणको जोखिम बढ्यो भने नियन्त्रण बाहिर जाने खतरा बढ्छ र हामी सबैलाई जोखिम बढी हुन्छ ।’


वैठक अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले काठमाडौँ जस्तो जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने जटिल समस्या आउन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गर्दै भने, ‘पछिल्लो समय भारतबाट विभिन्न कामका शिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा बढी संक्रमण देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले नाका–नाकामा पीसीआर गर्दै आएको स्मरण गराउँदै स्थानीय तहलाई पनि त्यस्ता व्यक्ति आएको थाहा पाए अनिवार्य रुपमा १४ दिन क्वारेन्टायनमा बस्न लगाउन आग्रह गरे ।’

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika