१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘कोर–सिटी’का नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा दिन महानगरको प्रतिवद्धता 


प्रकाशित: आईतवार, २३ कात्तिक २०७७, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँको ‘कोर–सिटी’मा अवस्थित नागरिकलाई नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा दिन काठमाडौ महानगर प्रतिवद्ध रहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले वताएका छन ।


शनिवार क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रमुख शाक्यले सो कुरा वताएका हुन । 


महानगरले चिकित्सालयको नवनिर्मित भवनमा लिफ्टलिफ्ट जडानका तीस लाख रुपैयाँ अनुदान दिएको छ । २०१३ सालमा स्थापना भई ‘कोर–सिटी’ का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 


काठमाडौँ महानगरपालिकाका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डाक्टर अध्यक्ष मनोजमान श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गरे । 


सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रमुख शाक्यले ‘कोर–सिटी’ का करीब तीन सय नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएको निःशुल्क चिकित्सालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताए । 


‘जनस्तरमा खुलेको र जनताकै सेवामा समर्पित चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ शाक्यले भन्नुभयो, ‘थप सेवा प्रवाह र चिकित्सालयको उन्नतिका लागि जनताको पनि अपनत्व महशुस गराउन जनसहभागिताबाट समेत सहयोग रकम जुटाउनुहोला । थप आर्थिक सहयोगका लागि काठमाडौँ महानगरपालिका तयार छ ।’ 


प्रमुख शाक्यले चिकित्सालयको थप नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा रु पाँच करोड बजेट विनियोजन गरेको स्मरण गराउनुभयो । ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ठूला–ठूला राष्ट्रियस्तरका अस्पताल छन् । ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन्,’ शाक्यले भने तर, यो ‘कोर–सिटी’ मा अवस्थित चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका छन् । महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुन्छ । तपाईँहरुले पनि त्यो महशुस हुने गरी काम गर्नुहोला । सहयोग गर्न महानगरपालिका तयार छ ।’  


शाक्यले काठमाडौँ महानगरपालिका कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सबै मिलेर अघि बढ्नुपर्छ भन्ने हेतुका साथ लागिरहेको पनि स्मरण गराउनुभयो । ‘सेवा कस्ले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले केही अत्यावश्यक स्वास्थ्य सामाग्री चरणबद्ध रुपमा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ,’ शाक्यले भने, ‘महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित नगरहरुले दिएका यस्ता अत्यावश्यक स्वास्थ्य सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ । केही दिन अघि मात्रै हामीले कान्तिबाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेका थियौँ । 


शाक्यले त्यस अघि पनि काठमाडौं महानगरपालिकाले थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र विर अस्पताललाई कोरोना ९कोभिड १९० को परीक्षणका लागि पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिए । 
कार्यक्रमलाई सम्वोधन गर्दै चिकित्सालयका अध्यक्ष डाक्टर श्रेष्ठले कोर–सिटी’ का नागरिकलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई ठूलो सहयोग प्राप्त भएको बताए । ‘२५ शैयाको चिकित्सालयले कोभिड–१९ को संक्रमण भयावह भैरहेका बेला पनि नागरिकको घर–दैलोमा नै पुगेर सेवा प्रदान गरिरहेको छ,’ श्रेष्ठले भने, ‘हामी चिकित्सालयलाई समयानुकुल विस्तार गर्दै र अत्याधुनिक सेवा प्रवाह गर्दै जाने चरणमा छौँ । यस्तो बेलामा महानगरपालिकाले गरेको यो सहयोग अतुलनीय छ ।’ 


उहाँले करीब ३५ करोडको लगानीमा अत्याधुनिक भवन निर्माणको तयारीमा चिकित्सालय जुटिरहेको भन्दै सो भवन निर्माणका लागि पनि महानगरपालिकाले पाँच करोड सहयोगको प्रतिवद्धता व्यक्त गर्दा आफुहरु थप उत्साहित भएको जानकारी दिए । ‘हामी अहिले काठमाडौँ महानगरपालिका र जनसहभागितामा चिकित्सालयको अर्को अत्याधुनिक भवन निर्माण तयारीमा छौँ,’उनले भने, ‘सो भवन निर्माणपछि हामी कोर–सिटी’ का नागरिकलाई अत्याधुनिक भवनबाट उच्चस्तरीय सेवा दिन सक्ने हैसियतमा पुग्ने छौँ । त्यो महानगवासीका लागि पनि गौरवको विषय हुनेछ ।’ उहाँले अहिले चिकित्सालयबाट मुटु, स्वासप्रश्वास, दन्त सेवालगायतका विशेषज्ञ स्वास्थ सेवा दिइरहेको पनि जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex