१५ बैशाख २०८१, शनिबार
Header

‘कुमारीको रथबाट फालिएको फूल जोगाएर राख्छु’ – जापानी राजदूत


प्रकाशित: विहिवार, २ असोज २०७६, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । ईन्द्रजात्रा अवलोकन गर्ने क्रममा कुमारीको रथबाट फालिएको फूल जोगाएर राख्ने जापानी राजदूत मासामिचि साइगोले बताएका छन ।


बुधवार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र जापानी राजदूत साईगोविच भएको भेटवार्तामा मेयर शाक्यलाई सो कुरा अवगत गराएका हुन । 


भेटको क्रममा राजदूत साईगोले इन्द्रजात्राको अवलोकनबाट आफू र देशको मात्सुमोतो नगरबाट आएको प्रतिनिधि मण्डल प्रभावित भएको बताउँदै उनले भने,‘कुमारी रथ यात्रा गर्दा रथबाट फूल फाल्ने रहेछन । यसरी फालिएको एउटा फूल मैले पनि भेटेको छु । फूल अलि ओइलाएको छ तर त्यसलाई जोगाएर राखेको छु ।’


सो अवसरमा राजदूत साईगोले काठमाडौंको फोहर व्यवस्थापनमा जापानीको प्रविधिको प्रयोग गर्न इच्छुक रहेको प्रमुख शाक्यलाई बताएका थिए ।


त्यसैगरी उपत्यकाको मूर्त अमुर्त सम्पदाबाट आफू प्रोत्साहित भएको बताउँदै नेपाल भ्रमण बर्षमा जापनीज नागरिकहरुलाई आउन सहजिकरण गर्ने बताए ।


भेटको क्रममा जापान सरकारको सहयोगमा बसन्तपुरमा निर्माणाधीन अबस्थामा रहेको आगमछेँ पुननिर्माणका बिषयमा आएका फरक—फरक कुरा हरुप्रति आफू अन्यौलमा परेको प्रमुख शाक्यलाई बताएका थिए ।


प्रमुख शाक्यले आगमछेँसँग सम्ब्न्धि राख्ने पक्ष धेरै भएकोले उनीहरुसबैका समन्वय गर्ने काम महानगरले गर्नेछ भनेपछि  राजदूत साइगो ढुक्क भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD