८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

‘कीर्तिपुरका वीर तथा वीरङ्गनाहरु चिनाउने चलचित्र हो ‘कीर्तिपुर’


प्रकाशित: शुक्रवार, ३१ जेठ २०७६, ९ः०० बजे
- महानगरखवर

१ . कीर्तिपुर चलचित्रको ऐतिहासिक तथ्य के हो ?


ऐतिहासिक तथ्य भनेको कीर्तिपुर आफैमा एउटा ऐतिहासिक क्षेत्र हो ।  राजा पृथ्वीनारायण शाह संगको युद्धमा गोर्खाली सेना हरुको मात्रै नाम प्रकाश मा आयो जस्तै काजि कालू पाण्डे, सुर प्रताप, वंशराज पाण्डे आदि, तर कीर्तिपुर पक्ष बाट बिरगति प्राप्त गर्ने कोसैको पनि नाम ईतिहास मा लेखिएन । कीर्तिपुर हार्नेको इतिहास हो र यो चलचित्र गोर्खा र कीर्तिपुर बिचको एतिहासिक युद्ध हो ।


२. किन यो चलचित्र निर्माण गर्नु भयो ? 

 

गोर्खाका योद्वा हरुलाई सबैले चिने तर कीर्तिपुरका वीर तथा वीरङ्गनाहरुका बारेमा सबैलाई थाहा नभएको हुदा सबैले पूरा इतिहास जानोस भनेर चलचित्र बनाए ।


३. चलचित्रमा देखाएको घट्ना वास्तविक हो कि काल्पनिक ?

 

ऐतिहासिक  घटनाहरु सबै वास्तविक देखाएको छु । लगभग  ९५ प्रतिशत वास्तविक छ ।


४. पृथ्वीनारायण शाहको एकिकरण अभिायान र कीर्तिपुर आक्रमणको तथ्यलाई कसरी पुष्टि गर्ने ?


हामिले धेरै भन्दा धैरै अनुसन्धान गर्यौ, चलचित्र बनाउन हामीलाई आधिकारिक तथ्य चाहिएको थियो त्यसैले करिब ४वर्ष को अनुसन्धान मा धेरै इतिहासविद, संस्कृतिविद आदि लाई भेत्यौं, उहाहरुको रिपोर्ट लाई संकलन गर्यौ, सहकार्य गर्यौ र चलचित्र निर्माण गर्यौं । चलचित्र को सुरुमा पनि यस्को आधारहरु देखाएको छ ।


५. कीर्तिलक्ष्मीले त्यसबेला कीर्तिपुर जोगाउन भूमिका खेलेको हो कि आफ्नो रक्षाको लागी ?


कीर्तिलक्ष्मी पुरुष को भेषमा एक्लै तीन दिन तीन रात गोर्खाली सेना संग लडेकी थिइन । उनले कहिल्यै हार स्विकारिनन ।


६. कीर्तिलम्मी त्यसबेला राजपरिवारका सदस्य थिए कि सर्वसाधरण ?


  कीर्तिपुरमा कीर्तिलक्ष्मीलाई रानीको रुपमन मानिन्छ । 


७ . कीर्तिपुर आक्रमणको बेला त्यहाँको जनताको नाक काटेको चर्चा र ढंगामा थुक्नुको कारण ?


हरेक बर्ष ढुङ्गामा थुक्नुको कारण गोरखालिले धर्म युद्ध बिपरित लडाइ गरेको ले हो । नाक कान काटे सन्दर्भ  मा हैन । मान्छे हरुमा पुर्ण रुपमा यस्को ज्ञान नभएर नाक काटेको सन्दर्भ जाेिडन पुगेको हो ।


८. पाँच बर्ष अघि निर्मण भएको चलचित्र अहिले किन ढिला भएन र ? 


लुकेको घटना तथा छायाँमा परेका योद्वाहरुलाइ सबै सामु देखाउनु नै मेरो उदेश्य हो । ढिला हुनुको एउटा कारण त प्रविधि को अधिकतम प्रयोग का कारण हो भने अर्को गृह मन्त्रालय ले बन्धेज लगाएको थियो तर अहिले युनिभर्सल सर्टिफिकेट पाएको छ । 


९. चलचित्रले मुल भाव के दिन खोजेको छ ?


भाव भनेको हार्नेको ईतिहास प्रस्तुत गर्ने हो ।


१०. भारतकी वीरंगाना मणिकर्णिका ( झाँसीको रानी लक्ष्मी बाई) जीवनमा आधारित चलचित्रहरुबाट प्रभावित भई यो चलचित्र निर्माण गर्नु भएको हो ?


मैले चलचित्र बनाउदा मणिकणिर्निका को बारेमा थाहा नै छैन । नाम पनि सुनेको थिएन, तर कीर्तिपुर चलचित्रको निर्माण को अनुसन्धान गर्ने क्रम मा झांसि को बारेमा थाहा पाए । कीर्तिलक्ष्मीको बारेमा भने भारतको झाँसिमा लेखेको पाए ।
प्रभावित हुने त प्रस्नै उठ्दैन ।


११. दर्शकले यस चलचित्रलाई मनपराउने आधारहरु के के हुन सक्छ ?


यस चलचित्र युद्धमा आधारित भएको कारणले गर्दा दर्शकले हिस्टोरिकल एक्सन हेर्न पाउनु हुनेछ । नेपाल मा ऐतिहासिक चलचित्र बनेता पनि पोलिटिकल बेस मा मात्रै बनेको छ त्यसैले बोरिङ हुने गर्छ । तर कीर्तिपुर एक्सन बेस मा छ । त्यसैले मनोरञ्जन को साथसाथै इतिहास को बारेमा जान्ने मौका पाउछ ।


१२. अन्त्यमा दर्शकलाई के भन्न चाहनुहुन्छ त ?
अन्त्यमा असार १३ मा सम्पुर्ण दर्शक लाई कीर्तिपुर चलचित्र एक पटक हेरिदिनुस । पुर्ण इतिहास बुझ्नको लागि भएपनि भन्न चाहन्छु ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex