काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई नगद पुरस्कार वितरण गरेका छन ।
विहिवार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख रुपियाँ राशीको पुरस्कार वितरण गरिएको हो ।
त्यसैगरी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो ।
गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।
उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, खेल पदाधिकारी, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।
Categorized in मनोरन्जन