काठमाडौं । काठमाडौको पुरानो बन्न लागेको विजनेस कम्पलेक्स ‘काठमाडौ टवार’ १६ तलाको बन्ने भएको छ ।
लामो समयदेखि कति तलाको टावर बनाउने भन्ने विषयमा निर्माण कम्पनी र काठमाडौ महानगरपालिकाविचको विवाद अब सकिने भएको छ ।
वि.स. ०७१ माघ ११ गते काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बी कोइ कम्पनीबीच काठमाडौं टावर २९ तलाको बनाउने सम्झौता भएपनि ०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि सरकारले काठमाडौंमा अग्ला भवन निर्माणमा रोक लगायो ।
त्यसपछि ०७२ साउन १२ गते महानगरबाट काठमाडौ टावर १२ तलाको बनाउन नक्सा पास भएको पनि निर्माण कम्पनीले पूर्व सहमति अनुसार नै भवन बनाउने अडान लिएपछि निर्माण कार्य रोकिएको थियो ।
२९ तलाको बनाउन नपाउने भएपछि १६ तला बनाउने निष्कर्षमा कम्पनी पुगेको हे ।
सम्पबतः निर्माण कम्पनीले सेप्टेम्बर १ अर्थात यही भदौ १६ गतेबाट पुनः काम सुरु गर्ने छ ।
Categorized in समाज