७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

‘कांग्रेसले ४ बर्ष सदन अवरुद्ध गरोस’ भन्ने गृहमन्त्रीको अभिव्यक्तिको विरोध


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलवार दिएको अभिव्यक्तिको संसदका कांग्रेस सांसदहरुले विरोध गरेका छन । 


गृहमन्त्री लामिछानेले हिजो संसद बैठकपछि  भनेका थिए,‘ म भन्छु, नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस । अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस ।’अनुसन्धान गर्दागर्दैमा मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरूद्ध गरोस ।’


बुधवार संसद बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरु उठेपछि सभामुख देवराज घिमिरे सांसद इश्वरी न्यौपानेललाई वोल्ने समय दिएको थियो ।


सांसद न्यौपानेले सहकारी प्रकरणमा लामिछानेमाथि अनुसन्धान हुनु पर्ने माग गर्दै छानविन समिति बनाउनु पर्नेमा जोड दिइन । 


प्रधानमन्त्री दाहालले हिजो संसदमा जवाफ दिने क्रममा लामिछानेमाथि अनुसन्धान गर्न प्रमाण छैन भनेको र आफूहरूले प्रमाण छ भनेकोले यसको छिनोफानोका लागि संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको कांग्रेसको माग रहेको उनले बताइन । 


‘प्रमाण छैन भन्ने प्रधानमन्त्रीज्यू र प्रमाण छ भन्ने हामी प्रतिपक्ष । यसका लागि कसले छिनोफानो गर्ने । सभामुख महोदय तपाईं सदनको नेता हो। आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौं,’ न्यौपानेले भनिन ।


‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडि संसद बाहिर जसरी बोल्नुभयो, जसरी प्रस्तुत हुनुभयो। पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन यो?’ 


उनले प्रश्न गरिन, ‘छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यू। प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन। केही हिनामिना छैन। अनि उही केसमा दिपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै चार वर्ष सदन अवरुद्ध गरोस, हामी सत्ता हाँकिरहन्छौँ। कसरी चल्छ सत्ता ?’


अरु बेला नभएता पनि बजेटका लागि त सदन चाहिन्छ होला नि भन्ने पनि उनको प्रश्न छ । ‘बजेटका बेला पनि संसद चाहिंदैन होला, हामीलाई चाहिएको छ संसद,’ उनले भनिन । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex