६ भाद्र २०८३, शनिबार
Header

‘कस्तो विडम्बना अर्को पार्टीको चिन्हमा स्वस्तिक छाप लगाउनुपर्ने भयो’


प्रकाशित: बुधवार, ७ बैशाख २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता शेखर कोईराला र महामन्त्री गगन थापा विच एक कार्यक्रममा भएको कानेखुसीको सन्दर्भमा आएको भनाई हो । 


बुधवार नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ नेता कोईरालाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गननसँग गरेको कानेखुसी बारे खुलाएका थिए । 

 


उनले भने,‘अहिले हामी कानेखुसी गर्दै थियौं, गगनजीले मलाई भन्नुभयो– ‘दाइ कस्तो बिडम्बना भयो, हामीहरूले त अर्को पार्टीको चिन्हमा स्वस्तिक छाप लगाउनुपर्ने भयो ।’


कोइरालाले कम्युनिष्टहरूसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न पनि गरेका थिए । यसको लेखाजोखा चुनावपछि हुने समेत उनले भने । 


कार्यक्रमा उपस्थित सबैलाई कोईरालाले अहिले गाउँ गाउ गएर कांग्रेसलाई जिताउन अभियानमा लाग्न आग्रह गरेका थिए । 


उनले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले आफूलाई भेटेको प्रसंग निकालेका थिए । 


सुवास नेम्वाङजीले मलाई भेटेर भन्नुभयो– तपाईंहरू कहाँ पुगिसक्नुभयो , बिपी, गणेशमान, किसुनजी, गिरिजाले बनाएको पार्टी । तपाईंहरू कहाँ जानुभयो, कहाँ दौडिरहनुभएको छ ?,’नेम्वाङले आफूलाई गरेका प्रश्न सुनाउँदै कोइरालाले भने, ‘पहिले किसुनजीले एमालेसँग वार्ता पनि गर्नुभएन । चुनावमा एक्लै लड्छ कांग्रेस भनिदिनुभएको थियो । अहिले हामी कहाँ छौं भन्ने कुरा हामीले बुझ्नुपर्दछ ।’


सो कार्यक्रमा महामन्त्री थापाले भने चुनावी तालमेलको निर्णय गर्ने अधिकार पार्टीको स्थानीय समितिलाई रहेको बताएका थिए । थापाले पनि अहिलेको नेविसंघको विवादलाई थाती राखेर गाउँ गाउ, नगर नगरमा गएर चुनावी अभियानमा लागेर कांग्रेसलाई बिजयी बनाउनु पर्ने बेला भएकोले सबैलाई आ–आफ्नो चुनावी क्षेत्रमा जान आग्रह गरे । 


सो कार्यक्रमलाई नेविसंघको पूर्व अध्यक्ष गुरु घिमिरे, युवा नेताहरुले सम्बोधन गरेका थिए । 


सत्तागठबन्धनले छ महानगर र ११ उपमहानगरको भागबन्डा गरिसकेको छ । काठमाडौं, ललितपुर र विराटनगर महानगर कांग्रेसले मेयर उठाउनेछ भने अरू पार्टीलाई उपमेयर छाडेको छ ।


११ मध्ये सात उपमहानगर कांग्रेसले मेयर उठाउने भएको छ । मेयर नपाएका ठाउँमा कांग्रेसले उपमेयर राखेको छ । पाँच दलीय गठबन्धनबाट महानगर र उपमहानगरमा उम्मेदवारी दिने भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex