१५ बैशाख २०८१, शनिबार
Header

‘ओमिक्रोन’बाट बचाउन जनस्वास्थ्यको सुरक्षा व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन


प्रकाशित: आईतवार, १९ मंसिर २०७८, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट बचाउन जनताको सुरक्षा व्यवस्था गर्न शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । 


आईतवार प्रतिनिधिसभा अन्तर्गतको समितिको बैठकले मन्त्रालयलाई सो निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासहित सिंहदरवारमा समितिको बैठक बसेको थियो । 


बैठकमा समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन ।


भारतमा यस भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा थप सतर्कता अपनाउन आवश्यक रहेको सभापति घर्तीले बताईन । 


उनले ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन । कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरुलाई व्यवस्थित गर्न पनि निर्देशन दिईन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD