१६ चैत्र २०८०, शुक्रबार
Header

‘ए डिभिजनका ६ वटा फुटबल क्लव’ लाई १० लाख सहयोग


प्रकाशित: सोमवार, २२ असार २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘ए डिभिजनका ६ वटा फुटबल क्लबलाई जनही १० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ ।


सोमवार राष्ट्रिय सभा गृहमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले क्लवका अध्यक्षहरु शाक्यले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन । 


सहयोग पाउने क्लवहरुमा मनाङ्ग मस्याङ्गदी, संकटा क्लब (यसबियससि), हिमालयन शेर्पा, सरस्वती युवा, मच्छिन्द्र युथ र काठमाडौं खेल मण्डल (एनआरटि) गरी ६ वटा ए डिभिजन फुटबल क्लब रहेका छन । 


हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलकुद विकास तथा प्रवर्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिँदै खेलबाट स्वस्थ्य सहर निर्माण गर्ने महानगरको नीति रहेको शाक्यको भनाई थियो ।


मेयर शाक्यले खेलाडीलाई प्रोत्साहन गर्दै भने,‘ खेलमा हामी लगानी बढाउँदै जानेछौं ।’


कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले खेलाडीहरुको आत्मबलले मात्र जीत प्राप्त हुने बताउँदै खेलमा भविष्य छ भन्ने अनुभूति दिन सक्नुलाई पनि उपलब्धी मान्नु पर्ने वताईन ।


कार्यक्रममा प्रवक्ता ईश्वरमान डंगोल, सहचिव राजेश्वर ज्ञवाली, सामाजिक विकास विभागका प्रमुख सनतकुमार थापासहित फुटबल क्लबबाट प्रतिनिधिमुलक सहभागिता थियो ।


यस अघि २०७५ साल भदौ २५ गते प्रत्येक क्लवलाई ९ लाख ३० हजार रुपैयाँ सहयोग रकम प्रदान गरिएको थियो । यसैगरी २०७६ बैशाख २३ गते बि र सि डिभिजन क्लबलाई क्रमशः ३ लाख र २ लाख रुपैयाँ सहयोग रकम प्रदान गरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD