४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

‘उपत्यका विकास प्राधिकरण खोरज गरिदिए हुन्छः’  महानगर प्रवक्ता डंगोल


प्रकाशित: सोमबार, १४ माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रवक्ता तथा १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले ‘उपत्यका विकास प्राधिकरण खारेज गरिदिए हुन्छ भनेको छ ।’ 


प्रवक्ता डंगोलले प्राधिकरणको औचित्य नभएकोले प्राधिकरण खारेज हुनु पर्ने माग गरेका छन् । 


पछिल्लो समय काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणविच भवन निर्माण मापदण्डलाई लिएर विवाद चर्कदै गएपछि महानगरको यो भनाई आएको हो । 


काठमाडौं महानगरपालिकाले उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेको छ । अब प्राधिकरणको औचित्य नभएकाले त्यसलाई खारेज गरिदिनु पर्ने महानगरको धारणा रहेको प्रवक्ता डंगोलले बताए । 


सोमबार काठमाडौंको एलो प्यागोडामा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘स्थानीय तहको समस्या स्थानीय तहले नै समाधान गर्छ । अब उपत्यका विकास प्राधिकरणको काम छैन, यसलाई खारेज गरिदिए हुन्छ ।’ उनले प्राधिकरण खारेज गर्नका लागि सरकारसँग प्रस्ताव गर्ने जानकारी पनि दिए ।


प्राधिकरणले महानगरले जारी गरेको ‘भवन निर्माण मापदण्ड २०७५’ कमजोर भएको आरोप लगाएपछि महानगरपालिकाले आफ्नो मापदण्ड कमजोर नरहेको दाबी गर्दै क्षेत्राधिकारबाहिर नजान प्राधिकरणलाई सचेत समेत गराएको छ ।


काठमाडौं एलो प्यागोडामा आयोजित एक कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा प्रवक्ता डंगोलले महानगरले तयार पारेको भवन मापदण्ड विज्ञहरुको परामर्शमा तयार पारेकोले कुनै हालतमा कमजोर नभएको बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex