४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

‘उज्यालो काठमाडौ’ बनाउन २ हजार सडक बत्ति बालिदै


प्रकाशित: विहिवार, २५ मंसिर २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । ‘उज्यालो काठमाडौ’ बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकमा २ हजार आधुनिक सडक बत्ती जडान हुने भएको छ । 


करिब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढाउन विहिवार काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर सम्पन्न भयो । 


भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । 


सहमति अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी लगायतका क्षेत्रमा बत्ति जडान गरिने भएको छ । 


मन्त्री नेम्वाङले संघीय राजधानी समेत रहेको काठमाडौं महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियान अन्तर्गत यो योजना अघि बढेको बताए । 


काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे । सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न उपलब्ध स्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्य शिघ्र सुरू गर्ने प्रमुख शाक्यले भने ।  


सडक बत्तीमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । 


सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika