३२ आषाढ २०८२, बुधबार
Header

‘इनार सम्पदाको खोजीदेखि वडाको पूर्वाधार विकास र पुननिर्माणको यात्रा’ (भिडियो)


प्रकाशित: मंगलवार, १८ बैशाख २०८१, ७ः३० बजे
- अजयकुमार खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा– २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले वडाभित्र सम्पदा संरक्षणदेखि लिएर विकासका गतिविधिलाई तिव्र बनाएका बताएका छन । 


विश्वसम्पदा हनुमानढोका दरवार क्षेत्रमा भूकम्पले भत्किएको सम्पदाहरुको पुननिर्माण, पुरिएको इनारको उत्खनन, मठमन्दिर दर्शन गर्न आउने यात्रुहरुको लागि बेन्चको व्यवस्थापनदेखि लिएर मल्लकालिन पाटी पौवाहरुको निर्माण, कलात्मक स्वागत गेट स्थापना गरेको वडा अध्यक्ष राभण्डारीले उल्लेख गरे । 


उनले वडा क्षेत्रमा पुरिएर रहेको ९ वटा एतिहासिक इनारहरुको उत्खनन गरेर पुर्नजिवित गरेको उनले बताए । 

 


त्यस्तै आगामी बर्षको पुसभित्र करिब ३ करोड ३२ लाखमा सम्पदामैत्री वडा भवन निर्माण गरिने गरी काम सुरु भएको जानकारी दिँदै भने वडामा एउटा पार्कसहितको स्कुल स्थापना गर्ने आफ्नो लक्ष्य रहेको सुनाए ।


यस वडामा हाल कुनै पनि सामुदायिक तथा नीजी स्कुल नरहेको उनले बताए ।

 
पार्किङ व्यवस्थापनको सन्दर्भमा उनले भने,‘पार्किङ हटाएपछि सुरुमा अलि ग्राहो भईसकेको थियो, अहिले विस्तारै 
युज टु भयो, यो बजार अहिलेको होइन, सदियौ पुरानो बजार हो, असन, इन्द्रचोक, मखन, त्यसैले पनि खासै फरक परेको छैन ।’ 

 


उनले वडाले हरेक महिना स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको बताउँदै भने नयाँ वडा भवन निर्माणभएपछि हालको साविकको वडालाई स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रुपान्तरण गर्ने जानकारी दिए ।

 

 

 

 
तस्वीर तथा भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
budha jyanti 2569
maharjan complex