८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

‘इएनआई डी सिने अवार्ड –२०७५’ तयारी,  जुरीले चलचित्र हेर्दै


प्रकाशित: मंगलवार, २६ चैत्र २०७५, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । ‘इएनआई डी सिने अवार्ड –२०७५’ को एघारौं संस्करणका तयारी सुरु भएको छ । यसका लागि जुरीहरुले चलचित्र हेर्ने काम शुरु भएको आयोजकले जनाएको छ । 


विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको यस सिने अवार्डमा नेपाली चलचित्र उद्योगकै इतिहासमा पहिलो पटक १० औं फिल्मी अवार्ड गर्न छायाँछवि डी सिने अवार्डको ११ औ संस्करणका लागि चलचित्र दर्ता सँगसँगै निर्णायकहरुले फिल्म हेर्ने काम पनि शुरु गरेका छन ।   


हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रलाई आत्मसातगर्दै इएनआई छायांछवि डी सिने अवार्ड आयोजना हुने भएको छ । 


२०६६ सालबाट प्रारम्भ भएको यो अवार्ड मूख्यतया डिजिटल फम्र्याटलाई आधार मानेर तत्कालिन अवस्थामा प्रारम्भ गरिए पनि समयको परिवर्तन सँगसँगै चलचित्रहरु पूर्णत डिजिटल हुन पुगेपछी स्वतः डीजिटल फम्र्याटका चलचित्रहरुले सहभागीता जनाउने गरेका छन । 


पूँजीले मात्र होइन प्रविधिबाट पनि चलचित्रको गुणस्तर विकाश गर्न सकिन्छ भन्ने मान्यतालाई प्रोत्साहन गर्नुका साथै प्राविधिक एवं कलाकारलाई हौसला प्रदान गर्नका निमित्त डी सिने अवार्ड गरिने गरेको अवार्डका अध्यक्ष शान्तिप्रियले जानकारी दिए ।


यस वर्ष प्रदर्शन भइसकेका÷भइरहेका ९४ चलचित्रहरुले इएनआई छायांछवि डी सिने अवार्ड –०७५मा सहभागीता जनाइरहेका छन । ९४ चलचित्रलाई ‘प्रिजज’ बाट सिफारिस गरिएपछी मात्र यि निर्णायकहरुले चलचित्र हेरिरहेका छन । 


निर्णायकमा वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्णायक संयोजकको रुपमा पत्रकार, निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती तथा नेपाल कै पहिलो महिला छायाँकार सवनम मुखिया रहेका छन ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex