काठमाडौं । गोपाल कृष्ण महर्जनबाट गाइएको नेपालभाषाको गीत ‘अय्लाः अय्लाः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
शनिबार काठमाडौं सुन्धारास्थित सिटिसि मलमा रहेको सिडिसि सिनेमामा उक्त म्यूजिक भिडियो प्रिमियर गर्दै सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियो प्रिमियरको दौरान दर्शकदीर्घाको उपस्थिती निकै बाक्लो हुँदा फिचर फिल्मको जस्तै दुई शो प्रदर्शन गरिएको थियो ।
दर्शकहरुको प्रतिक्रियाबाट आफु निकै उत्साहित भएको निर्देशक सुरेन्द्र तुलाधरले बताए । ‘राम्रो गीत बनोस् भनेर मिहिनेत गरेको थिएँ । दर्शकहरुको प्रतिििक्रया सुन्दा मिहिनेत सफल भएको अनुभव भयो’ निर्देशक तुलाधरले भने ।
सृष्टि महर्जनसँगै चर्चित अभिनेता पल शाह अभिनित म्यूजिक भिडियो हेर्दा ठुलै बजेटमा निर्माण गरिएको अनुमान सहजै लगाउन सकिन्छ ।
‘नेपालभाषाको गीत भन्ने वित्तिकै कम बजेट मात्र लगाउनु पर्छ भन्ने छ र ? बनाएपछि राम्रै बनाउनुपर्छ, राम्रो म्यूजिक भिडियो बनाउन बजेटमा कुनै सम्झौता गरेको छैन’ निर्माता समेत रहेका गायक महर्जनले भने ।
गीतको छायाङ्कन कीर्तिपुरस्थित ससःत्वाः, ठमेलस्थित10X र टेकुस्थित बम्बीर शिवालय ट्रस्टमा गरिएको छ । गीतको परिकल्पना पनि निर्देशक तुलाधरकै रहेको छ । डान्स नम्बर गीतको कोरीयोग्राफी रोहिया महर्जनले गरेकी छिन् । सौरभ लामाको डिओपीमा इश्वर लाल सिंकेमनाले छायाङ्कन गरेका छन् ।
दृश्य सम्पादन सुजन बडालले गरेका छन् । शब्द रचना पवन जोशीको छ भने संगीत अनिल तुलाधरले दिएका छन् । सिडिसि सिनेमामा प्रिमियर गरिएसँगै यो म्यूजिक भिििडयो ओएसआर डिजिटल युट्युब मार्फत सार्वजनिक भइसकेको छ ।
Categorized in मनोरन्जन