११ भाद्र २०८३, बिहिबार
Header

‘अब म सिंगो कांग्रेसको महामन्त्री हुँ’– महामन्त्री गगन थापा


प्रकाशित: विहिवार, १ पुष २०७८, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । कांग्रेस महामन्त्री पद जितेपछि गगन थापाले अब आफू कुनै समूहको नभए नेपाली कांग्रेसको सिंगो महामन्त्री भएको बताएका छन । 


थापाले जितपछि विहिवार साँझ काठामाडौंको बत्तिसपुतलीस्थित कार्यकता तथा समर्थकविच बधाई तथा शुभकामना लिने क्रममा सो कुरा बताएका हुन ।


उनले भने, ‘म एउटा समूहमा बसेर निर्वाचन लडेँ । समूहप्रति मेरो विशेष सम्मान छ । तर जिम्मेवारी पाएपछि अब म सिंगो पार्टीको महामन्त्री हुँ ।’


महामन्त्रीको रूपमा आफूले पाएको जिम्मेवारी इमानदारीतापूर्वक निर्वाह गर्ने बतउँदै उनले भने, ‘मैले मेरो महाधिवेशनका प्रतिनिधि साथीहरूलाई एकदिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन दिन्नँ भनेको थिएँ । त्यो कुरामा इमानदारीपूर्वक काम गर्छु ।’ 


सो अवसरमा उनले आफ्ना परिवार, कार्यकता, सुभेच्छुक, साथीभाई, महाधिवेशन प्रतिनिधिहरुलाई विशेष धन्यावाद समेत प्रकट गरेका थिए । 


थापाले भने,‘ मेरो लागि तपाईहरु दिनरात खट्नु भयो अब म तपाईहरुको लागि खटिने छु ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex