१२ बैशाख २०८१, बुधबार
Header

‘अझै १५ बर्ष अखडामा बस्छुः’ प्रधानमन्त्री


प्रकाशित: बुधवार, ४ भाद्र २०७६, ११ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको लागि विरोधीहरु अस्तित्व रक्षाको लागि तयार भएर बसे हुन्छ भनी बताएका छन ।


आफू सामन्य उपचारको लगि सिंगापुर जान लागेको प्रम ओलीले बताउँदै आफू अझै १५ वर्ष बाँच्ने बताएका छन । 


बुधवार संविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । 


प्रम ओली बिहीबार उपचारका लागि सिंगापुर जान लागेका छन । 


कार्यक्रममा प्रम ओलीले भने,‘ ‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यान्वयन गर्ने जिम्मा हाम्रो हो,’ ।


संविधान दिवश सिंगापुरबाट फर्किएपछि भव्य र व्यापककता साथ बनाउने गरी तयार गर्न प्रम ओलीले आग्रह गरेका छन । 


प्रम ओलीले संविधान दिवश घर घरमा दिपावली मनाएर आम समुदाय र वर्गमा खुसी प्रदान गर्नुे सो कार्यक्रममा धारणा व्यक्त गरे । 


संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि नेपालमा संविधान दिवस मनाउन थालिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD