काठमाडौं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठलाई वे–वास्ता गरी महासंघले प्रकाशन गर्न लागे ‘अग्र अनुहार’ पुस्तकाको विरोध सुरु भएको छ ।
नेवाः राष्ट्रिय पत्रकार दवुुले शनिवार विज्ञप्ती प्रकाशन गरी चर्को विरोध गरेका छन ।
नेपालमा पहिलो पटक पत्रकाहरुको हकहितका लागि पत्रकारहरुलाई संगठित गरी संघको नेतृत्व लिएको व्यक्ति स्व. श्रेष्ठको विषयमा गलत तथ्यकै आधारमा पुस्तकमा समावेश गरेकोमा आपत्ति जनाएका छन ।
‘२००७ सालको प्रजातन्त्र बहालीपछि तत्कालीन नेपाल टुडेका सम्पादक स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठले २००८ साल जेठमा नेपाल पत्रकार संघ स्थापना गरी त्यसको सभापति भएर नेपालका पत्रकारहरुको नेतृत्व गर्नुभएको थियो । ’ जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ,‘वि सं २००९ साल वैशाख २२ मा आर्यसमाज मन्दिर भोटाहिटीमा भएको नेपाल पत्रकार संघको दोस्रो सभाबाट पुनः सभापति हुनुभएका सत्यनारायणबहादुर श्रेष्ठले संघको तर्फबाट २००९ साल पुसमा सरकार समक्ष आफ्नो मागपत्र प्रस्तुत गरेको अहिलेसम्मको नेपालको छापाखाना तथा पत्रपत्रिकाको इतिहास र विभिन्न तथ्यले पुष्टि गर्दै आएको छ ।’
महासङ्घको प्रतिष्ठान प्रदेशले पत्रकार महासङ्घका अध्यक्षहरुको जीवनी समावेश गरेर ‘अग्र अनुहार’ नामक पुस्तक प्रकाशन गर्न लागेको छ ।
सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासङ्घको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज)को ठहर छ ।
नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तथ्य स्पष्ट हुँदाहुँदै महासंघले सो सत्यतथ्य को बेवास्ता गरेकोले आदिबासी जनजाति पत्रकार महासंघ फोनिज ले विरोध गरेको हो ।
सो विषयलाई सार्वजनिक बहसको विषय भईरहेको बेला आईतबार सार्वजनिक गर्न लागेको अग्रजको गाथा महासंघको ईतिहास पुस्तकले विगतको इतिहासलाई सच्याउनुको साटो विगतकै गल्ती पुनरावृत गर्न खोजेको फोनिजले उल्लेख गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले यो विषय नेपाल पत्रकार महासङ्घलाई अवगत गराइसक्दा पनि गम्भीरतापूर्वक लिएको छैन भनि सो वक्तव्य मा उल्लेख गरिएको छ ।
महासङ्घ यसरी इतिहास नामेट पार्दै अगाडि बढ्दा गत साल फोनिजले महासङ्घको सबै संरचनाहरुमार्फत इतिहास सच्याउन र आगामी दिनमा संस्थापकको विषय टुङ्गो नलागेसम्म यस सम्बन्धि कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो । तर, सोही गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्नेलगायतका गतिविधि अगाडि बढाएको विभिन्न सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको छ । गलत तथ्यलाई नै निरन्तरता दिने महासङ्घको कदमप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासङ्घको प्रतिष्ठान प्रदेशले पत्रकार महासङ्घका अध्यक्षहरुको जीवनी समावेश गरेर ‘अग्र अनुहार’ नामक पुस्तक प्रकाशन गर्न लागेको सो पुस्तकमा गलत तथ्यकै आधारमा संस्थापक अध्यक्षको विषय समावेश गरिएको छ । त्यसै ले फोनिज ले विज्ञप्तिमार्फत सो प्रकाशन रोक्न जोडदार माग गरेको छ । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासङ्घको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने फोनिजको ठहर छ ।
यदि, अब पनि गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा फोनिज महासङ्घको यस्तो गलत दुस्साहसविरुद्ध देशव्यापी आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएको छ ।
Categorized in समाज