२० बैशाख २०८१, बिहिबार
Header

‘अग्र अनुहार’ पुस्तकमा संस्थापक अध्यक्ष श्रेष्ठको इतिहास मेटाउन खोजेकोमा विरोध प्रदर्शन (तस्वीर र भिडियो)


प्रकाशित: आइतवार, २८ माघ २०८०, १८ः०० बजे
- अजयकुमार खड्गी

काठमाडौं । नेपाल पत्रकार महासंघले सार्वजनिक गर्न लागेको ‘अग्र अनुहार’ पुस्तकको नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले विरोध जनाएको छ ।


आइतवार काठमाडौंको नेपाल पर्यटन बार्डमा महासंघले पुस्तक सार्वजनिक गर्न खोजेपछि फोनिजले विरोध गर्दै हलभित्रै प्रदर्शन गरेका थिए ।

 


उनीहरुले महासंघले प्रकाशित गरेको पुस्तकमा संस्थापक अध्यक्ष सत्यनारायाण बहादुर श्रेष्ठको इतिहास मेटाउन खोजेको, हेपाह प्रबृति देखाए र भेदभाव पूर्ण व्यहार गरेको भन्दै विरोध गर्दै नारावाजी गरेका थिए ।

 


उनीहरुले सत्यनाराण श्रेष्ठको तस्वीर प्रदर्शन गर्दै सो सार्वजनिक कार्यक्रम बहिष्कार समेत गरेका थिए । 


फोनिजको महासचिव मिलन लिम्बुले सो पुस्तक नसच्चाए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । 


त्यसैगरी, फोनिजका अध्यक्ष गर्जुधन राइले महासंघले फोनिजले पटक पटक विभिन्न माध्यमबाट संस्थापक अध्यक्ष श्रेष्ठको बारेमा जानकारी गराउँदै आएकोमा सोलाई वे–वास्ता गरी पुस्तक प्रकाशनमा ल्याउन आपत्ति जनक रहेको बताए । 

 


नेवाः राष्ट्रिय पत्रकार दबूका महासचिव केके मानन्धरले महासंघका संस्थापक अध्यक्ष श्रेष्ठबारे चर्चा गर्दै अविलम्ब सो गल्ती महासंघले सञ्चाउने पर्ने बताए । 


यस अघि नेवाः राष्ट्रिय पत्रकार दवुुले शनिवार विज्ञप्ती प्रकाशन गरी चर्को विरोध गरेका थिए भने फोनिजले विज्ञप्ती जारी गरी विरोध जनाएका थिए । 


‘२००७ सालको प्रजातन्त्र बहालीपछि तत्कालीन नेपाल टुडेका सम्पादक स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठले २००८ साल जेठमा नेपाल पत्रकार संघ स्थापना गरी त्यसको सभापति भएर नेपालका पत्रकारहरुको नेतृत्व गर्नुभएको थियो । ’ जारी विज्ञप्तीमा उल्लेख छ । 

 


विज्ञप्तीमा भनिएको छ,‘वि सं २००९ साल वैशाख २२ मा आर्यसमाज मन्दिर भोटाहिटीमा भएको नेपाल पत्रकार संघको दोस्रो सभाबाट पुनः सभापति हुनुभएका सत्यनारायणबहादुर श्रेष्ठले संघको तर्फबाट २००९ साल पुसमा सरकार समक्ष आफ्नो मागपत्र प्रस्तुत गरेको अहिलेसम्मको नेपालको छापाखाना तथा पत्रपत्रिकाको इतिहास र विभिन्न तथ्यले पुष्टि गर्दै आएको छ ।’


महासङ्घको प्रतिष्ठान प्रदेशले पत्रकार महासङ्घका अध्यक्षहरुको जीवनी समावेश गरेर ‘अग्र अनुहार’ नामक पुस्तक प्रकाशन गरको हो । 

 


नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले यो विषय नेपाल पत्रकार महासङ्घलाई अवगत गराइसक्दा पनि गम्भीरतापूर्वक लिएको छैन भनि सो वक्तव्य मा उल्लेख गरिएको छ । 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD