काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट सुरु गर्ने तयारी गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सो कार्यक्रमको लागि सरकारले रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ ।
सरकारले रोजगारी हकसम्बन्धी ऐन निर्माण गरेको यस कार्यक्रमको तयारी गरेको हो ।
यसै आवदेखि शुरु गरिने यस कार्यक्रममा रोजगारको लागि युवाहरु विदेश जान नपर्ने अवस्था सिर्जना गर्न कार्यक्रम लागु गरिने तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिएको छ ।
उक्त कार्यक्रम शुरु भएलगत्तै देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ । सो केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढेको सचिव दाहालले जानकारी दिए ।
केन्द्रले भने बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगार सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ ।
Categorized in राष्ट्रिय