८ बैशाख २०८१, शनिबार
Header

९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो


प्रकाशित: सोमवार, २७ जेठ २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा चालु चालु आर्थिक वर्षको ११ औं महिनाको अवधिमा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 


नेपाल राष्ट्र बैंकका अनुसार गत आवको तुलनामा ३.८ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको हो । जेठ महिनामा मात्र ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।  


जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख १३ हजार ३६७ पुगेको छ । 


त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD