७ बैशाख २०८१, शुक्रबार
Header

९४४ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ४८१ थपिए


प्रकाशित: शनिवार, २४ पुस २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । एकै दिन (पछिल्लो २४ घण्टा) नेपालमा ९४४ जना नयाँ कोरोना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।


काठमाडौं उपत्यकामा मात्रै ४८१ जना संक्रमित थएिको मन्त्रालयले जनाएको छ । काठमाडौंमा सबैभन्दा बढि ३६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जना थपिएको हो । 


त्यसैगरी कञ्चजनपुरमा ५१, कास्कीमा २०, मकवानपुरमा १३, कैलाली र पर्सामा १०र१० जना, दाङमा ९ जना, बाँकेमा ८ जना, रुपन्देही, चितवन र सुनसरीमा ७÷७ जनामा संक्रमण पुष्टि भएको छ ।


नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन । 


त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD