२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

९२ बर्षको उमेरमा राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन


प्रकाशित: सोमवार, २८ माघ २०८१, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको ९२ बर्षको उमेरमा सोमवार निधन भएको छ।


दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष रमेश अर्यालले बताए ।

 
दाहाल २०३८ सालमा काठमाडौंबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । 


२०३८ सालमा दाहाल र जोगमेयर श्रेष्ठ निर्वाचित भएका थिए दाहालले ६५ हजार सात सय ७० मत ल्याएकी थिइन ्।


पछि २०४३ सालमा दाहाल र श्रेष्ठ दुवै पराजित भएका थिए भने जनपक्षीय उम्मेदवारका रूपमा चिनिएका पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठ निर्वाचित भएका थिए।


दाहाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएकी थिइन । 
 

10 Ferbury 2025, Monday

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex