८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

८ जना नेपालीलाई अमेरिकाले एयरपोर्ट ल्याएर छाडे


प्रकाशित: बुधवार, २१ फागुन २०८१, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । आधिकारिक कागजात नभई अवैध रुपमा बसेका ८ नेपालीरुलाई अमेरिकाले काठमाडौंको एयरपोर्ट ल्याएर छाडेको छ । 


बुधवार विहान १० बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छोडेको थियो । छाडेकाहरुमा एक महिला र सात पुरुष छन् ।


यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो ।


यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । 


काठमाडौं ओर्लिएपछि नेपाली अधिकारीहरूले गरेको सोधपुछका क्रममा उनीहरूले आफूहरूलाई हत्कडी लगाएर ल्याएको बताएका हुन् ।


अध्यागमन विभागले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको छ । 


प्रहरीका अनुसार, ८ जना करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । 


अमेरिकाबाट फर्काइएकामध्ये एक जना डोटी जिल्लाका हुन् भने अरु दाङ र रुकुमको भएको खुलेको छ । 


अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएलगत्तै उनले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका कारण यस अघि छिमेकी देश भारतका ११२ भारतीय नागरिकलाई डिपोर्ट गरेर पञ्जाब पठाइदिएका थिए ।

 

5 March 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex