१३ बैशाख २०८१, बिहिबार
Header

७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आईपुग्यो


प्रकाशित: शुक्रवार, ११ चैत्र २०७८, १५ः३० बजे
- महानगरखवर

काठमाडौं । कोभिड –१९ विरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।


स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत खोप आईपुगेको बताए । 


शुक्रवार आएको उक्त खोप पहिलो खेप भएको चौरसियाले जानकारी दिए । अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । 


विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ । फाइजर खोप १२ वर्ष भन्दा उमेरका नागरिकलाई दिइने छ । 


पछिल्लो तथ्यांक अनुसार ६० लाख डोज खोप भण्डारणमा छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD