२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

७ औं राष्ट्रियव्यापी टिकाभैरव सो–क्योकुशिन प्रतियोगिता हुँदै


प्रकाशित: मंगलवार, २२ जेठ २०८१, १०ः०० बजे
- नवराज कुँवर

काठमाडौं । गोदावरीमा ७ औं राष्ट्रियव्यापी टिकाभैरव सो क्योकुशिन फुलकन्टयाक्ट कराँते प्रतियोगिता हुने भएको छ । 


गोदावरी नगरपालिका वडा– ६ टिकाभैरव ललितपुरमा जेठ २५ गते शुक्रवार र २६ गते शनिवार बृहत खेल प्रतियोगिता हुने आयोजकले जानकारी दिए । 


सो प्रतियोगिताको सुभारम्भ समोराहको उद्घाटन बागमति प्रदेशसभा सदस्य (सभासद) मिनकृष्ण महर्जनले गर्ने भएको छ ।


यस प्रतियोगितमा सो– क्योकुशिनका सातै प्रदेशका खेलाडीको विभागीय टिम, नेपाल आर्मी, सशस्त्र प्रहरी (एपिएफ) को सहभागीता हुनेछ । प्रतियोगितामा ५५ केजी खुला प्रतिस्पर्धा (पुरुष समूह) का बिजेतलाई नगद रु १० हजार, दोस्रोलाई रु ५ हजार र तृतियलाई रु २५०० नगद प्रदान सहित ट्रफि प्रदान गरिने छ । 


त्यसैगरी, महिला खुल्ला तौल समूहका प्रथम विजेतलाई १०,०००/–, द्धितियलाई ५,०००/– तृतियलाई २५००/–, र चौथोलाई १५००/–,नगद पुरस्कार प्रदान गरिने भएको छ । 

 

प्रतियोगितमा महिला २५ केजी र पुरुष ४० केजी समूहविच हुने प्रतिस्पर्धाबाट बिजयी खेलाडीलाई ५ हजार, द्धितियलाई २ हजार ५ सय, तृतियलाई १ हजार ५ सय र चौथोलाई १ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । 


त्यसैगरी, पुरुष २५ केजी र महिला ४० केजीको विच हुने प्रतिस्पर्धाका बिजेता खेलाडीको पुरस्कारको राशि बिजयी खेलाडीलाई ५ हजार, द्धितियलाई २ हजार ५ सय, तृतियलाई १ हजार ५ सय र चौथोलाई १ हजार नगद पुरस्कार प्रदान गरिने छ । 


साथै खेलाडीहरुलाई सिलको रुपमा मेडल पनि दिइने आयोजकले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex