८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

७८ लाखको घुस डिलबारे संसदमा जवाफ माग 


प्रकाशित: आइतवार, २९ असार २०८२, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले मानव तस्करी, कर्मचारी सरुवा कारोबार, भ्रष्टाचार र स्वास्थ्य सेवासम्बन्धी गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले स्पेनको सेभिलामा नेपालीहरू तस्करीमा परेको घटनाले आफूहरूले उठाउँदै आएका विषयहरूको पुष्टि भएको बताउँदै सरकारलाई कठोर प्रश्न गरेकी छन्।


‘सदनमा आन्दोलन भइरहँदा समेत बिचौलियालाई डर छैन, संकोच छैन,’ श्रेष्ठले भनिन्, ‘कसको अकर्मण्यताले मानव तस्करहरूले यस्तो आँट गर्न सकेका हुन् ?’


श्रेष्ठले कोभिडपछिको अवस्थादेखि हालसम्मको कार्यदलमा कुनै विशेष सुधार नआएको बताउँदै, वास्तविक समाधानका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठनको माग गरिन्। उनले सन २०७८ मा बनेको कार्यदलको प्रतिवेदन गृह मन्त्रालयको कुनामा थन्किएको भन्दै सरकारले फेरि त्यस्तै कार्यदल बनाएर आँखामा छारो हाल्नेू काम गरेको आरोप लगाइन । 


भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि उनले जवाफ माग गरिन् । 'तपाईंलाई थाहा दिएको थियो कि थिएन २०७८ को प्रतिवेदनबारे ? कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ र घुस, जिल्लाको भूमि आयोगको अध्यक्षमा सेटिङ, किन भूमि विधेयक फास्ट ट्र्याकबाट गर्न खोजिएको बुझियो,' उनले थपिन्, 'आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन ? एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ । यसको छानबिनको हामी माग गर्छौं । अडियोमा भनिएका 'बा' को हुन् ?'


त्यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले कर्मचारी सरुवामा मन्त्रीस्तरमै ७८ लाखको घुस डिल भएको समाचारबारे प्रधानमन्त्रीको जवाफ माग गरिन । ‘यस विषयमा प्रधानमन्त्री स्वयंले संसदमा आएर स्पष्ट पार्नुपर्छ,’ उनले भनिन्, ‘दोषी जो भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गरियोस । ’


शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टर बनाएर स्थानीय बिरामीहरूलाई २५ किलोमिटर टाढा जान बाध्य बनाउने निर्णयप्रति पनि कडा आपत्ति जनाइन ।  उनले यो निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरिन । 


त्यसैगरी, आज बिहान काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा घाइते भएकाहरूको उपचारको उचित प्रबन्ध मिलाउन पनि शर्माले सरकारको ध्यानाकर्षण गराइन ।

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex