७ भाद्र २०८३, आइतबार
Header

७५३ वटै स्थानिय तहमा निर्वाचन कार्यालय स्थापनमा, काठमाडौंमा राष्ट्रिय सभा गृहमा


प्रकाशित: विहिवार, ८ बैशाख २०७९, २१ः३० बजे
- महानगरखवर

काठमाडौँ । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ । 


विहिवार निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सदरमुकाम बाहेकका ठाउँमा गउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताए ।


निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणा गर्दछ । 


काठमाडौंमा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कार्यालयको उद्घाटन गरे । 


यस कार्यालयबाट काठमाडौँ महानगरपालिकाको निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन । निर्वाचन तालिकाअनुसार बैशाख ११ विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र १२ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेद्वारहरुको मनोनयन दर्ता हुनेछ । 


बैशाख १३ विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । बैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ । १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।


१६ गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । बैशाख ३० गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ ।


बैशाख २७ गते राती १२ बजेपछि मौन अवधि सुरु हुनेछ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex