७ बैशाख २०८१, शुक्रबार
Header

७० हजार पुग्यो प्रतितोला सुन, व्यापार ठप्प


प्रकाशित: विहिवार, २३ साउन २०७६, ११ः३० बजे  
- महानगरखवर

काठमाडौँ । विहिवार सुनको मूल्य प्रतितोला ७० हजार पुगेको छ । सुनको मूल्यमा थप पाँच सय रुपैयाँ वृद्धि भएर नयाँ रेकर्ड बनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औस १४ डलरले वृद्धि भएर १५ सय डलर ९० सेन्ट कायम भएको छ । 


एक सातामा नेपाली बजारमा सुनको मूल्य चार हजार पाँच सय रुपैयाँले बढ्ेका पाइएको छ । 


अमेरिकी केन्द्रीय बैकले ब्याजदर घटाएको छ । अमेरिका र इरानबीचको तनाव थप बढेका कारण डलरको मूल्य पनि महँगिएपछि सुनको मूल्यमा लगातार वृद्धि भईरहेको छ । 


तीजको पूर्व सन्ध्यामा सुनको मूल्य लगातार बढेपछि व्यवसायी थप चिन्तित भएका छन । सुनको मूल्य आकासिएपछि व्यापार ठप्प भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD